Illustrator छोड्नुपर्छ?
पर्दैन। आफ्नो AI, PDF वा PSD फाइल खोलेर डाइलाइनमै काम जारी राख्नुहोस्; चाहिँदा फेरि AI, PDF र SVG मा एक्सपोर्ट गर्नुहोस्।
मेरो प्रेसले फाइल लिन्छ?
Drint ले ICC प्रोफाइलसहित CMYK PDF/X-4 एक्सपोर्ट गर्छ: सामग्रीअनुसार मसीको सीमा, ब्लिड थपिएको, डाइलाइन आफ्नै लेयरमा।
नेपाली अक्षर ठीकसँग देखिन्छ?
देखिन्छ। संयुक्त अक्षर र मात्राहरू HarfBuzz ले मिलाउँछ, एक्सपोर्टमा आउटलाइन हुन्छन्, त्यसैले प्रेसमा फन्ट नभए पनि अक्षर टुट्दैन। Preeti जस्ता पुराना फन्टमा टाइप गरिएको टेक्स्ट युनिकोडमा बदलेर ल्याउनुहोस्। क्लाइन्टको टेक्स्ट जस्ताको तस्तै पेस्ट गर्नुहोस् — Drint ले केही बदल्दैन।
केही इन्स्टल गर्नुपर्छ?
पर्दैन। Drint Chrome, Edge वा Safari मा चल्छ; काम गर्दागर्दै प्रोजेक्ट सेभ हुन्छ र तपाईंका सबै डिभाइसमा सिंक हुन्छ।